Section 7
सहयोग लिन सक्ने
(१) आयोगले निर्वाचनको कामका लागि नेपाल सरकार, प्रदेश सरकार
वा स्थानीय तह वा नेपाल सरकार वा प्रदेश सरकारको कुनै मन्त्रालय, विभाग वा कार्यालय वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थासँग सोझै सम्पर्क राख्न र त्यस्ता संस्था वा निकायबाट कुनै पनि सहयोग लिन सक्नेछ ।
(२) आयोगले निर्वाचनसँग सम्बन्धित कामका लागि कुनै सार्वजनिक वा निजी संस्थाबाट आवश्यक सहयोग लिन वा त्यस्ता संस्था वा निकायबाट निर्वाचन सम्बन्धी काम गराउन सक्नेछ।
(३) उपदफा (१) वा (२) बमोजिम आयोगले मागेको सहयोग उपलब्ध गराउनु सम्बन्धित संस्था वा निकायको कर्तव्य हुनेछ।